काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकलाई श्रेष्ठ टेलरिङमा विशेष छुट हुने भएको छ ।
ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय वित्तिय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी बैंक र श्रेष्ठ टेलरिङबीच विशेष छुट दिने सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले सटिङ, सुटिङका साथै अन्य विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।