काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिवास स्थित बर्दिवास जनसेवा हस्पिटल प्रा.लि.बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सिटिजन्स बैंकका कार्डबाहकहरूलाई बर्दिवास जनसेवा हस्पिटलले सेवा सुविधामा १०% छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले बर्दिवास जनसेवा हस्पिटलका सबै सेवा सुविधामा १०% छुट पाउने बताइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ ।
वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यहि चैत्र ७ गते देखि वैशाख ७ गते सम्म १ महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्यक, लगायतका योजनाहरु पनि सार्वजनिक गरेको छ ।