काठमाण्डौ– इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा बुधबार कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स खेल्दै छन् । खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे पुनेमा सुरु हुनेछ ।
कोलकाता तेस्रो जितको खोजीमा हुनेछ । कोलकाता मुम्बईलाई हराएर शीर्ष स्थानमा उक्लने योजनाका साथ मैदान उत्रने छ । कोलकाता तीन खेलमा चार अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । मुम्बईलाई हराएमा कोलकाता शीर्ष स्थानमा पुग्नेछ ।
मुम्बई भने यो खेलमा जित निकाल्दै पहिलो जित दर्ता गर्ने योजनाका साथ मैदानमा उत्रने छ । अहिलेसम्म दुई खेल खेलेको मुम्बईले दुवैमा हार बेहोरेको छ । मुम्बई अङ्क तालिकामा अंक विहीन रुपमा आठौँ स्थानमा रहेको छ ।