नयाँ दिल्ली - भारतमा कोरोनाभाइरस (कोभिड–१९) को ओमिक्रोन एक्सई भेरिएन्ट फेला परेको छ ।
भारतको वित्तीय राजधानी मुम्बईमा एक्सई भेरिएन्ट पहिलो सङ्क्रमित फेला परेको स्थानीय सञ्चारमाध्यमले बुधबार अधिकारीहरूलाई उद्धृत गरी लेखेका हुन् ।
भारतको वित्तीय राजधानी मुम्बईमा ओमिक्रोन एक्सई फेला परेको पुष्टि गरिएको छ ।
यो नयाँ भेरिएन्ट ओमिक्रोनभन्दा बढी सर्नसक्ने क्षमता रहेको र सर्वप्रथम यो बेलायतमा पत्ता लागेको थियो ।
विश्व स्वास्थ्य संगठनका अनुसार यो कोभिड–१९ को ओमिक्रोन बीए–टु प्रजातीभन्दाभन्दा १० प्रतिशत बढी सर्नसक्ने बताइएको छ ।
अहिलेसम्म ओमिक्रोनको बीए–टु प्रजातीलाई कोभिड–१९ को सबैभन्दा सङ्क्रामक मानिएको छ ।
–सिन्ह्वा