काठमाडौं - मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै “ दोस्रो नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२२” हुने भएको छ।
क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुति तथा व्यवस्थापनमा आवेदकहरुले निशुल्क फारम भरी मनोरन्जन तथा संगीतका विभिन्न विधातर्फ “दोस्रो नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२२” २०७९ जेष्ठ महिनाभित्र काठमाडौंमा गरिने भएको हाे ।
मौलिक कला, संस्कृति, गित संगीत, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर क्षेत्रका व्यक्तित्वहरुलाई अवार्ड तथा सम्मान प्रदान गर्ने उदेश्यले साे अवार्डकाे याेजना गरिएकाे छ ।
अवार्ड आवेदनको लागि दर्ता फारम निशुल्क गरिएको छ भने वैशाख २० गते सम्म फारम भरिने जानकारी गराईएको छ। जसका लागि २०२० जनवरी देखि २०२१ डिसेम्बर सम्मका गीतसंगीतहरुलाई समावेश गरिने भएको छ भने नव प्रतिभाको हकमा २०२१ भित्र गित निकालेको हुनु पर्ने जनाइकएकाे छ ।
क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुतिमा हुन लागेको यस अवार्ड कार्यक्रमको संयोजक तथा संस्थापक निर्देशक सुर्यचन्द रहेका छन् । उत्कृष्ट गायक, गायिका, संगीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायक-गायिका, पर्व विशेष गीत(तिज, दशैँ तिहार, होली) भेग विशेष (पुर्वेली, काठे, पश्चिमेली) भजन, पप/आधुनिक गायक-गायिका, भाषा-भाषिका गित, म्युजिक भिडियो मोडल, चलचित्रका सम्पूर्ण विधा, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ ।
अवार्डमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ।
“दोस्रो नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२२” को लागि आवेदन फर्म भर्न चाहने इच्छुक व्यक्तित्वले निशुल्क फर्म भर्न पाउने छन्। फारम भर्नको शुभकामना मिडिया सोलुसनको कार्यालय सामाखुसी र क्रियटिभ ईन्साइट मिडियाको कार्यालयमा सम्पर्क गर्न सकिनेछ।