काठमाडौं— नेपालमा पहिलोपटक एक्रोविक टेबल टेनिसको सुरुआत भएको छ । एप्रिल ६ अर्थात बिश्व टेबल टेनिस डे को दिन आज नेपाल एपिएफ क्लबमा आयोजित कार्यक्रममा विविध कार्यक्रमका विच सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले उद्घाटन गर्दै औपचारीक सुरुआत गरेका हुन् ।
लण्डनस्थित एरोविक टेबल टेनिसका संस्थापक स्टिभ रोले आफ्नो उपस्थितीमा एरोविक टेबल टेनिसका बारेमा जानकारी प्रदान गरेका थिए । स्टिभले एन्डिजकी संस्थापक अनिता महर्जनलाई एकेडेमीको नेपालमा औपचारिकताको प्रमाण पत्र प्रदान गरे । यस्तै एरोविक टेबल टेनिसका प्रमुख कार्यकारी स्टिभले नेपालस्थित एकेडेमीमा रहेका छात्र तथा छात्रालाई प्रशिक्षण प्रदान गर्ने र प्रशिक्षणमा उत्कृष्ट रहेका ३ छात्र तथा ३ छात्रालाई लण्डनस्थित एकेडेमीमा प्रशिक्षणका लागि छात्रबृत्ती प्रदान गर्नेछन् ।
यस्तै पूर्व सम्झौता अनुसार डिएचएसले प्रशिक्षणका लागि आवश्यक रोवोट र स्टेग ब्रान्डको टेबल टेनिस बोर्ड प्रायोजन गरेको छ । प्रशिक्षणमा उपयोगी रोवोट पहिलो पटक प्रयोगमा आएको एनिज पिंग पंग क्लबकी संस्थापक अनिता महर्जनले जानकारी गराईन् ।
अनिता एरोविक टेबल टेनिसकी ब्राण्ड एम्बेसडर समेत हुन् । अनिताले एकल प्रयासमा सामाखुसीस्थित आफ्नै घरमा १५ लाखको लागतमा एन्निज पिंग पंग क्बल स्थापना गरि बच्चाहरूलाई निशुल्क टेबल टेनिस प्रशिक्षण प्रदान गर्दै आईरहेकी छिन् । लण्डनस्थित एरोविक टेबलटेनिस २०११ मा स्टिभ रोले स्थापना गरेका हुन् । एरोविक टेबलटेनिस नवखेलाडीहरूलाई एरोविकको माध्ययमबाट शारीरिक तन्दुरुस्त बनाउने कार्यक्रम हो ।
खेलाडीहरूलाई एरोविकका माध्ययमले शारीरिक तन्दुरुस्त बनाउनुका साथै साँगितिक धुनको तालमा खेलाडीहरूलाई वर्कआउट, फुटवर्क गराउने जसका कारण खेलाडीहरूले आनन्द महशुस गर्दै क्यालोरी बर्न गर्ने, मुटु र फोक्सोलाई तन्दुरुस्त राख्ने र टेबलटेनिस खेलको पूर्ण ज्ञान र प्रशिक्षण प्राप्त गर्नेछन् । टेबलटेनिसमा रिदम र टार्इीमंग महत्वपूर्ण हुन्छ । यसलाई संगितसँग तालमेल मिलाउन सके टेबलटेनिस सिक्न अझै मद्धत पुग्छ । एरोविक टेबलटेनिस उच्च ईनर्जी फिटनेश वर्कआउट र टेबलटेनिसको गठबन्धन हो ।