काठमाडौं - नेपाली सिने तथा गीत संगीतमा रहेका सम्पूर्ण विधा समेट्दै ’नेशनल आर्टिष्ट अवार्ड–२०७९’ हुने भएको छ ।
नेपाली मौलिक धारमा रहेका नेपाली सष्ट्रा र सर्जकको सम्मानका लागी अवार्ड कार्यक्रम आयोजना हुन लागेको अवार्डका कार्यक्रम निर्देशक जस बहादुर याक्खाले बताए । अवार्ड जेठकाे अन्त्यमा प्रदान गरिने आयोजक अध्यक्ष रोशन पोखरेलले बताए ।
सांगीतिक तथा सम्पूर्ण मनोरञ्जनका क्षेत्रमा नयाँ सर्जक तथा सिर्जनशिल सष्ट्रालाई प्रेरणा थप्ने उद्देश्य रहेको आयोजकको दाबी छ । मौलिक, कला, संस्कृति, संगीत, चलचित्र, क्षेत्रका व्यक्तित्वहरूलाई पुरस्कृत एवं सम्मानित गरिने आयोजक सस्था साहित्य सरोवर मिडिया प्रालीका कार्यक्रम संयोजक सन्तोष कटवालले बताए ।
अवार्डका लागि आवेदनको खुल्ला गरिएको छ । आवदेन फारम वैशाख ३० गते सम्म फारम लिइने आयोजकले बताएको छ ।
उत्कृष्ट गायक, गायिका, संगीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायक–गायिका, पर्व विशेष गीत तिज, दशैँ तिहार,होली, भेग विशेष (पुर्बेली, काठे, पश्चिमेली) भजन, पप/आधुनिक गायक–गायिका, भाषा–भाषिका गीत, म्युजिक भिडियो मोडलहरुले सहभागिता जनाउन सक्ने आयोजक संस्थाले जनाएको छ