काठमाडौं – ज्योति विकास बैंकले थप दुई शाखा लहान र कटारीमा औपचारिक उद्घाटन गरेको छ ।
बिहीबार लहान र कटारीमा थप दुई नयाँ शाखाको बैंकिङ पहु“च थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको हो ।
लहान नगरपालिका वडा नं८ सिरहास्थित लहान शाखाको समुद्घाटन लहान उद्योग वाणिज्य संघका अध्यक्ष अशोकलाल अमात्य र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए ।
साथै, कटारी नगरपालिका वडा नं४ उदयपुरस्थित कटारी शाखाको समुद्घाटन कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का र बैंकका संचालक सुरेन्द्रबहादुर नेपालीले संयुक्त रुपमा गरेका हुन् ।
उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु,बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो ।