काठमाडौं –सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवनको सौराहास्थित पार्क सफारी रिसोर्ट प्रा.लि.बीच सेवा सुविधामा समझदारी भएको छ ।
सिटिजन्स बैंकका कार्डबाहकहरुले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउने भएका हुन् ।
सो समझदारी पत्रमा सिटिजन्स बैंकका कार्डबाहकहरूलाई १० प्रतिशत छुट दिने हस्ताक्षर भएको छ ।
यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको बैंकले जनाएको छ ।