काठमाडाैं - सन्राइज बैंक लिमिटेडले शाखारहित अन्तर बैंक रकमान्तर सेवा सुरु गरकाे छ । सेवा विस्तार गर्ने क्रममा शाखारहित बैंकिङ सेवामार्फत ग्राहकहरुले “अन्तर बैंक रकमान्तर सुविधा” लिन सक्ने व्यवस्था सन्राइज बैंकले गरेको हाे ।
यस सुविधा अन्तर्गत शाखारहित बैंकिङ् सेवामा आबद्ध ग्राहकले आफ्नो खातामा भएको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकमान्तर गर्न सक्ने सन्राइज बैंकले जनाएकाे छ।
साथै सन्राइज बैंकसँग आबद्ध नभएका ग्राहकले पनि शाखारहित बैंकिङ प्रतिनिधिमार्फत अन्य बैंक तथा वित्तीय संस्थामा रहेका खातामा रकम जम्मा गर्न सक्ने बैंककाे भनाइ छ ।
बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत अन्तर बैंक रकमान्तर समेत गर्न सकिने बैंकले जनाएको छ ।
हालसम्म १३९ वटा शाखा, ८८ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ९ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको सन्राइज बैंककाे दाबी छ ।