काठमाडौं - स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भएको छ ।
निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी आचार संहिता शुक्रबारदेखि लागू भएको जनाएको हो ।
आचार संहिता अनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र होइन, सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि पाइने छैन ।
दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाउने आयोगले प्रष्ट पारेको छ ।