पोखरा– गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आँखा उपचार सेवा सहर केन्द्रित मात्र नगरी ग्रामीण एवं दुरदराजका स्थानसम्म पु¥याउनुपर्ने बताएका छन् । नेपाल नेत्रज्योति संघको केन्द्रीय सभाको २७औँ अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘ आँखा उपचार सहरमा मात्र केन्द्रित नभई गाउँ केन्द्रित हुनुपर्छ ।
उनले पछिल्लो समयमा आँखा उपचार सेवामा भित्रिएका नयाँ प्रविधिले सेवालाई प्रभावकारी बनाएको पनि बताए । उनले प्रविधिले प्रभावकारीसँगै विश्वसनीय बनाएको पनि बताए । उनले नेपालमा आँखा उपचार सेवा प्रभावकारी बन्दै गएको बताउँदै आँखा उपचार सेवालाई सहरमा मात्र केन्द्रित नगरी ग्रामीण क्षेत्रसम्म पुर्याउनुपर्ने बताए । उनले यसको लागी मुलुकका तीनै तहका सरकारले यसको अपनत्व लिनुपर्ने सुझाव दिए । उनले आँखामा लाग्ने विभिन्न खाले रोगको उचारमा नेत्रज्योति संघको पहलमा दातासँगै दातृ राष्ट्रका विभिन्न संघसंस्थाको महत्वपूर्ण योगदान गरेको बताए ।
नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष डा चेतनारायण पन्तले मुलुकमा २७ आँखा अस्पताल र १४५ आँखा उपचार केन्द्रमार्पmत सेवा प्रदान गरिँदै आएको जानकारी गराए । उनले निकट भविष्यमा पाँच अस्पताल र २५ उपचार केन्द्र थप गरिने पनि जनाए । उनले विश्व स्वास्थ्य संगठनको सन् २०३० सम्म आँखाको उपचार अभावमा कोही अन्धकारमा नरुमल्लिने अभियानमा नेपाल सरकारले पनि प्रतिबद्धता जनाएको बताए । उनले यस अभियानलाई सफल बनाउन संघ निरन्तर लाग्ने जनाए । उनले नयाँ प्रविधि र दक्ष जनशक्ति उत्पादनमा समेत संघले जोड दिनुपर्ने सुझाव दिए । नेपालमा आँखा उपचारका लागि विदेशबाट समेत मानिसहरू आउने गरेको बताए ।
प्रतिनिधिसभा सदस्य प्रभुनारायण चौधरीले दाताहरूको सहयोग र सामाजिक व्यत्तित्वको अहं भूमिका एवं चिकित्सकको निरन्तर सेवाभावले नै मुलुकमा आँखा उपचार सेवा प्रभावकारी बन्न सकेको दाबी गरे । कार्यक्रममा नेपाल नेत्रज्योति संघका निवर्तमान अध्यक्ष प्रा डा तीर्थप्रसाद मिश्र, आइकेयर फाउण्डेशनका प्रतिनिधि अनिल गोर्खाली, संघका उपाध्यक्ष ऋषिराम पौडेल, महासचिव भरतबहादुर चन्द, संघ गण्डकीका उपाध्यक्ष डा दिलबहादुर क्षेत्री, कास्की अध्यक्ष कृष्णबहादुर गुरुङलगायतले मुलुकमा अन्धोपन निवारणमा संघले खेल्दै आएको भूमिका बारेमा बताएका थिए ।