पाकिस्तान - पाकिस्तानका प्रधानमन्त्री इमरान खान प्रधानमन्त्री पदवाट पदमुक्त भएका छन् ।
संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि पाकिस्तानका प्रधानमन्त्री खान पदमुक्त भएका हुन् ।
राति भएको मतदानमा खानको विपक्षमा १ सय ७४ मत परेको थियो । झिनो मतले खानले विश्वासको मत प्राप्त गर्न सकेनन् । विस्वासको मत पाउन नसकेपछि खानले प्रधानमन्त्री खानले प्रधानमन्त्री वस्ने भवन छोडेको विविसीले जनाएको छ ।
खान विरुद्धको अविस्वासको प्रस्ताव पारित भएपछि पाकिस्तानी तल्लो सदन पीएमएल एनका अध्यक्षता गरेका आयाज सादिकले आजको दिन पाकिस्तानी इतिहासको महत्वपुर्ण दिन भएको प्रतिकृया दिएका छन् ।
यो एकताले पाकिस्तान संविधान संरक्षण गर्न सफल भएको उनले बताएका छन् ।