काठमाडाैं - छिटो र सजिलो तरिकाले घरेलु तथा व्यवसायिक सेवा प्रदान गर्न भेटायो एप सञ्चालनमा आएको छ ।
अनलाइन प्लेटफर्ममा २०२१ को नोभेम्बरबाट सुरु भएको उक्त एपले हाल काठमाडौं उपत्यकामा आफ्नो सेवा सञ्चालनमा ल्याएको जनाएको हाे ।
खासगरी समयमै कुनैपनि सेवा पाउन धेरै गाह्रो हुने भएको देखेर कम्पनीले उत्कृष्ट सेवा प्रदायकहरूलाई एकीकृत गर्ने र उनीहरूलाई ग्राहकहरूसँग सजिलै जोड्नका लागि सहयोग गर्ने अनलाइन प्लेटफर्मको हिसाबले भेटायोको शुरुवात गरेको छ ।
ग्राहकको अमूल्य समयलाई ध्यानमा राखी घरदैलोमा व्यवसायिक सेवा सजिलै उपलब्ध गराउनका लागि यो अनलाइन प्लेटफर्म निर्माण गर्ने निर्णय गरेकाे कम्पनीले जनाएकाे छ ।
भरपर्दो र व्यवसायिक सेवा प्रदायकहरूसँग सजिलै जोडिने एपले सम्पूर्ण प्रयोगकर्ताहरूको जीवनलाई सहज बनाउन ग्राहकको ढोकामा नै आवश्यकता अनुसार सेवाहरू उपलब्ध गराई जीवनलाई सजिलो बनाउने लक्ष्य राखी “भेटायो सेवा“ को स्थापना गरेका कम्पनीले बताएकाे छ । “भेटायो” शब्दले आफ्नो समस्याको समाधान खोज्नुलाई जनाउदँछ ।
यसबाट आफ्नो आवश्यकता पूरा गर्न एक अनुभवप्राप्त प्राविधिकबाट छिटो र सजिलो सेवा लिन सकिन्छ । हाम्रो एपमा क्लिक गर्ने वित्तिकै सत प्रतिशत ग्राहक सन्तुष्टिको साथ आफ्नो घर वा व्यवसायमै अनुभवी र प्रशिक्षित सेवा पाउन सकिने बताइएकाे छ
एप डाउनलोड गरि र आवश्यक विवरणहरूको साथ दर्ता फारम भरेपछि याे सेवा लिन सकिने जनाइएकाे छ । छोटो समयमै, भेटायोले आफ्नो सञ्चालनको पहिलो महिनामा १००० भन्दा बढी प्रयोगकर्ताहरू र १०० भन्दा बढी सेवा प्रदायकहरू प्राप्त गर्न सफल भएको बताएकाे छ ।
हाल याे सेवा काठमाडौं उपत्यकामा सीमित रहेकाे र निकट भविष्यमा अन्य शहरहरूमा विस्तार गर्ने योजना रहेको कम्पनीले बताएकाे छ ।