काठमाडाैं - अभिनेता प्रकाश शाह पछिल्लो दुई वर्षयताको उत्कृष्ट खलपात्र घोषित भएका छन् । शनिबार काभ्रेको धुलिखेलमा सम्पन्न १२ औँ डि. सिने अवार्डमा शाहले फिल्म 'साङ्लो'मा निभाएको भुमिकाबाट उत्कृष्ट खलपात्रको अवार्ड जित्न सफल भएका हुन् ।
कोभिडकाल पहिले दुई वर्षभरि रिलिज भएका फिल्महरुबीच अवार्डमा प्रतिस्पर्धा गराइएको थियो । शाहले भेट्रान मानिने कलाकारहरु शिशिर वाङ्देल, वुद्धि तामाङ, प्रमोद अग्रहरी, परमीता आर आल रानालाई पछि पार्दै नेजेटिभ रोलको अवार्ड आफ्नो पक्षमा पारेका हुन् ।
यसअघि 'लभ स्टेशन' फिल्ममा उनले निभाएको नेगेटिभ भुमिकाले पनि राम्रो चर्चा पाएको थियो । उनले हालसम्म रिलिज दुबै फिल्मबाट नेगेटिभ रोलमा आफुलाई प्रमाणित गरिसकेका छन् । नेगेटिभसँगै आगामी दिनमा पोजेटिभ भुमिकाको लागि पनि आफु तयार रहेको उनले बताए ।
दर्शकले दिने मायाले मात्रै फिल्म क्षेत्रमा निरन्तर रहन सक्ने बताउँदै उनले भने, 'कामको मुल्यांकन भएर पुरस्कार र सम्मान पाउँदा थप उर्जा मिल्छ, आगामी दिनमा काममा निरन्तर लाग्न थप जोश जाँगर प्राप्त हुन्छ ।'
उनि अभिनित 'साङ्लो' फिल्मले अन्य पाँच विधामा पनि अवार्ड जित्न सफल भएको छ । अभिनेता विराज भट्टले पहिलो निर्देशकिय फिल्मबाट नै उत्कृष्ट डेब्यू निर्देशकको अवार्ड प्राप्त गरेका छन् ।