काठमाडाैं - बैंक अफ काठमाण्डू लिमिटेडका कार्डबाहकहरुलाई दराज र सस्तोडिलमा नयाँ वर्षको छुट योजना ल्याएकाे छ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो डेबिट तथा क्रेडिट कार्ड बाहकहरुलाई दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुट सहितको योजना ल्याएको हाे ।
नेपालीहरुको नयाँ वर्ष २०७९लाई लक्षित गरी बैंकले कार्ड बाहकहरुले दराजबाट आफुलाई आवश्यक सामान खरिद गर्नुपरेमा आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५% सम्मको छुटको सुबिधा उपयोग गर्न सकिने बैंकले जनाएकाे छ ।
यस योजनाबाट आफुलाई आवश्यक सामान दराजबाट खरिद गरी अनलाइनमाध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको क्रेडिट कार्ड प्रयोग गर्नुभएमा १५% वा अधिकतम रु. १५०० र डेबिट कार्ड प्रयोग गर्नुभएमा १०% वा अधिकतम रु. १००० सम्म छुटको पाउने बैंकले बताएकाे छ ।
साथै, कार्डबाहकहरुले सस्तोडिलमा आफुलाई आवश्यक सामान खरिद गरी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गरेमा २०% वा अधिकतम रु २,००० सम्मको छुट पाउनेछन् ।
यस नयाँ वर्षको योजनामा बैंकको कार्डबाहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २०% सम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन् ।