काठमाडौं - सेनेटरीवेयर स्पेस र प्रिमियम बाथरूम समाधानमा अग्रगामी कम्पनी रोका बाथरूम प्रोडक्ट्स प्रा.लिले निरन्तर बढ्दो ब्रान्ड इकोसिस्टमले नेपालमा ८ वटा नयाँशोरुमको उद्घाटन गरेको छ ।
नेपालका प्रमुख शहरहरु काठमाडौं, पोखरा, बुटवल र भैरहवामाआफ्नो ब्रान्डको उपस्थितिलाई बलियो बनाउन यस ठाउँहरुमा कम्पनीले नयाँ शोरुमको विस्तार गरेको हो ।
कम्पनीका प्रबन्ध निर्देशक केई रंगनाथनले नेपाल भ्रमणको अवसर पारि ८ वटा नयाँ शोरुम, ५ वटा ब्रान्ड प्यारीवेयर र ३ वटा ब्रान्ड रोकाको उद्घाटन गरेका हुन् ।
ब्रान्ड प्यारीवेयरले नेपालमा बलियो उपस्थिति जनाउँदै २०% को बजार हिस्सा पाएको कम्पनीकाे दाबी छ । विश्वको नम्बर १ बाथरूम निर्माता र युरोपेली ब्रान्ड, रोका संसारका १८० भन्दा बढी देशहरूमा अवस्थित रहेकाे छ ।
रोकासँग नेपालमा प्रिमियम बजार हिस्सा छ र यसको नेपालमा व्यापार उच्च वृद्धिको चरणमा रहेको छ । कम्पनीका लक्जरी ब्राण्ड अरमानी रोका र लाउफेन बलियो रिटेल उपस्थितिका साथ नेपालमा प्रवेश गर्ने तयारीमा छन् ।
यी नयाँ शोरुमहरूको सुरुवातसँगै, ब्रान्डले नेपालमा बलियो उपस्थिति जनाउँदै आम जनताको विश्वास जित्ने लक्ष्य राखेको कम्पनीकाे भनार्इ छ ।
शोरुमको शुभारम्भको अवसरमा बोल्दै रोका बाथरूम प्रोडक्ट्स प्रालिका प्रबन्ध निर्देशक रंगनाथनले भने, “हामी हाम्रो पहुँच विस्तार गर्न र हाम्रो ब्रान्डको सफलतामा योगदान पुर्याउने नेपाली बजारमा बलियो उपस्थिति राख्न पाउँदा खुसी छौँ ।
उनले थपे, “हामी बजारमा लगानी, नयाँ उत्पादन र गुणस्तरियतामा केन्द्रित भएर हाम्रो बलियो उपस्थितिलाई निरन्तरता दिने महत्वाकांक्षी योजना छ ।
ग्राहकहरूलाई अनौठो किनमेल अनुभव प्रदान गर्न प्यारीवेयरसँग नेपालभर १०० भन्दा बढी आउटलेटहरू रहेका कम्पनीले बताएकाे छ ।