काठमाडाैं - एनएमबि बैंक लिमिटेडले प्राक्टिकल एक्शन दक्षिण एशिया क्षेत्रिय कार्यालय काठमाण्डौंको रिजल्ट बेस्ड फाइनान्सिङ( RESULT BASED FINANCING) परियोजनाको सहयोगमा हालसम्म ५२ हजार चुल्हो वितरण गरेको छ ।
परियोजना अन्तर्गत नेपालमा सुधारिएको चुल्हो वितरण गरेर ग्रामिण भेगका जनताहरुको जिवनस्तर सुधार गर्ने उदेश्यका साथ प्राक्टिकल एक्शन परियोजनासँग बैंकले सहकार्य गरेर वितरण गरेको हाे।
नेपालकाे नुवाकोट, धादिङ्ग, गोर्खा, रसुवा, चितवन, मकवानपूर, पर्वत, म्याग्दि, बाग्लुङ्ग, अर्घाखांची, गुल्मि र स्याङ्गजाका विभिन्न ग्रामीण भेगमा सुधारिएको चुल्होहरु वितरण गरेको हाे।
बैंकले प्राक्टिकल एक्शनसँग मिलेर उक्त परियोजनाको लागि कोष व्यवस्थापकको रुपमा काम गरेको थियो । बैंकको VALUE-BASED BANKING को अवधारणाहरु मध्येको “नाफा भन्दा अघि मानिसहरुको बारेमा सोंच्ने” (Think People Before Profit) सिद्धान्त अनुसार बैंकको लघुवित्त विभागले प्राक्टिकल एक्शनसँग सहकार्य गरेर उक्त परियोजना सफलतापूर्वक सम्पन्न गरेको जनाइएकाे हाे ।
यस परियोजनाको साथसाथै अन्य विभिन्न परियोजनाहरुसँग सहकार्य गरेर सेवा प्रदान गर्दै आईरहेको बैंकले जनाएकाे छ ।
दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको एनएमबि बैंकले जनाएकाे छ ।
एनएमबि बैंकका अनुसार २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकेको छ ।
हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको एनएमबि बैंककाे दाबी छ ।