२०७८ चैत्र २९ गते (मंगलबार)
काठमाडाैं - हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आँशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ।
मौसम पूर्वानुमान महाशाखाले प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आँशिक बदली रहने जनाएकाे छ। मौसम महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
देशका पहाडी भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहने मौसम विभागले जनाएकाे छ। मौसम विभागका अनुसार प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
साथै पश्चिम तराईका भू-भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेको हुँदा आवश्यक सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेकाे छ।