काठमाडौं - सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनमा तालमेलको मापदण्ड टुङ्गो लगाउन आज निर्णायक बैठक गर्दैछ ।
सत्ता गठबन्धनको उच्चस्तरीय बैठकले निर्वाचनका लागि साँझ उम्मेदवारको मोडालिटीको विषय टुङ्ग्याउने सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन गठबन्धनमा आबद्ध नेताहरुले अपिल गर्दै आइरहेका छन् ।
गठबन्धनमा मोडालिटीबारे यसअघि पनि विभिन्न प्रस्तावमाथि छलफल हुँदै आएको छ । तर, नेताहरुबीच सहमति भने जुट्न सकिरहेको छैन ।
आज मोडालिटी तयार पारेपछि कुन दलले कहाँ नेतृत्व लिने भन्नेबारे निर्णय लिन सजिलो हुने गठबन्धनमा आवद्घ दलको बुझाइ रहेकाे छ ।