काठमाडौं– इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मंगलबार एक खेल हुँदैछ । राति हुने खेलमा चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर बीच प्रतिप्रर्धा हुँदैछ ।
मुम्बईमा हुने खेल नेपाली समेय अनुसार बेलुका पौने आठ बजे सुरु हुनेछ । साविक विजेता चेन्नईले यो खलेमा विजयी हुँदै पहिलो जित निकाल्ने योजनामा रहने छ । चार पटकको विजेता उसले यो पटक खेलको सबै चार खेलमा पराजय भोगेको छ । अङ्कविहीन चेन्नई तालिकाको पुछारमा छ । यता बेङ्ग्लोर भने ४ खेलमा तीनमा जितसहित ६ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।
यो खेलमा चेन्नईलाई हराएमा बेङ्ग्लोर शीर्ष स्थानमा उक्लनेछ । सोमबार भएको खेलमा नवप्रवेशी गुजरात टाइटन्सले पहिलो हार ब्यहोरेको थियो । गुजरात सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित भएको हो । यो पराजयसँगै उसले शिर्ष स्थानमा पुग्ने मौका समेत गुमाएको थियो ।