काठमाडाैं - नयाँ वर्षमा दराज डटकमबाट सामान खरिद गर्दा मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले विशेष छुट दिने भएकाे छ। मेगा बैंक र दराजबीच भएको सम्झौता अनुसार नयाँ वर्षमा दराज डटकमबाट सामान खरिद गर्दा ग्राहकहरुले विशेष छुट १५ प्रतिशतसम्म प्राप्त गर्ने भएका हुन् ।
नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले मेगा बैंकले यो सम्झौता गरेको हो ।
मेगा बैंकका कार्ड प्रयोगकर्ताहरुले २०७८ चैत्र २८ गतेदेखि सीमित समयका लागि डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार रुपैंयासम्म छुट पाउने जनाइएकाे छ ।
यसैगरी, क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १५ सय सम्मको छुटको व्यवस्था गरिएको छ । छुट सुविधाका लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्ने बताइएका छ । आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डका लागि आजै आवेदन दिन सकिने मेगा बैंकले जनाएको छ ।
दराज डटकमको वेभसाइट तथा मोबाइल एप्समार्फत सामान अर्डर गरी घरमै सामान प्राप्त गर्न सकिनेछ । दराजसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रुपमा बिनाझन्झट घरमै बसी सामान खरिद गर्न मेगा बैंकले ग्राहकहरुलाई अनुरोध पनि गरेको छ ।
मेगा बैंकले डिजिटल बैंकिङ अन्तरगत नगदबिहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राख्दै आएको छ ।