[caption id="attachment_25533" align="alignnone" width="1000"]
फाइल तस्विर[/caption]
काठमाडाैं - मन्त्रिपरिषद्को निर्णय एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् ।
सुरक्षा निकायहरूको एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि मन्त्रिपरिषद्को निर्णय एवं प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले स्वीकृति दिएकी हुन् ।
नेपाली सेना परिचालनको लागि स्वीकृति प्रदान गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना २०७८ मा स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न सक्ने व्यवस्था गरिएको छ ।