काठमाडाैं - बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई ल्याण्डमार्क होटलले आउँदै गरेको नयाँ वर्ष २०७९ मा विशेष छुट दिने भएकाे छ ।
काठमाण्डू बैंक र ल्याण्डमार्क होटलबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड बाट एइक् तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई नयाँ वर्षकाे Special packageमा १२.५% को विशेष छुट उपलब्ध गराउने सम्झौता भएको हाे ।
नयाँ वर्ष २०७९ लाई लक्षित गरिे बैंकका ग्राहकहरुलाई ल्याण्डमार्क होटल पोखरा र चितवनमा उपलब्ध हुने Special packageमा १२.५% को विशेष छुट प्रदान गरिएको बैंकले जनाएकाे हाे ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङकाे प्रयोग गरी भुक्तानी गर्नुपर्ने बैंकले जनाएकाे छ । ल्याकाठमाण्डौं, पोखरा र चितवनबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको ण्डमार्क होटलकाे भनाइ छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको दाबी गरेकाे छ ।