कर्णाली– मुख्यमन्त्री जीवनबहादुर शाहीले सडक पूर्वाधारबिना कर्णालीमा विकास र समृद्धि सम्भव नहुने बताएका छन् । नयाँ वर्ष २०७९ का अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।
उनले कर्णालीको विकासका लागि बाटो, विद्युत्, विचार, वन, बजार र व्यवस्थापन नै मुख्य आधार भएको बताए । मुख्यमन्त्री शाहीले विसं २०७८ मा कोरोना भाइरस महामारीका कारण प्रदेशको विकासमा लक्ष्यअनुसार प्रगति हुन नसकेको जनाउँदै प्रदेशको विकासमा योगदान पुर्याउन पनि आग्रह गरे । उनले प्रदेश सरकारले स्थानीय तह र संघीय सरकारसँग समन्वय गरेर महत्वपूर्ण कामको सुरुआत गरेको बताए ।
उनले बाटोलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले राजधानी वीरेन्द्रनगरको पूर्वाधार निर्माणसँगै कर्णाली करिडोरको स्तरोन्नतिमा पहल गरिरहेको बताए । उनले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीचको समन्वय, सहकार्य र सहअस्तित्वलाई कर्णाली प्रदेश सरकारले महत्व दिएको जनाउँदै सबैले समयको महत्व बुझेर प्रदेशको विकासमा योगदान पु¥याउनुपर्ने सुझाव दिए ।