भक्तपुर - भक्तपुरकाे दुवाकोटमा वीर अस्पताल विस्तार गरी सेवा सुरु भएको छ ।
भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पतालमा एक्सरे सेवा र प्रयोगशाला परीक्षण सुरु भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले परीक्षण सेवा उद्घाटन गरेका हुन् ।
भक्तपुरका स्थानीय वासिन्दा लगायतलाई एक्सरे र प्रयोगशाला परीक्षणका लागि काठमाडौं तथा भक्तपुरको विभिन्न निजी तथा सरकारी स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता टरेको छ ।
करिब एक महिनाअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले दुवाकोट पुगेर विस्तारित वीर अस्पतालबाट एक्सरे तथा परीक्षण सेवा दिने प्रतिवद्धता जनाएका थिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९ १४:१८