[caption id="attachment_22862" align="alignnone" width="300"]
✍️ हिमाल थापा क्षेत्री[/caption]
पात झरेको याम
टन्टलापुर घाम
सुख्खा बतास
ताता साँझहरू
चरिले रगत ओकल्दै हिड्नुपर्ने उराठिलो बेला पन्छाउँदै
जब पलाउँछन् पालुवा पोथ्रा र चउरहरूमा
तब मलाई थाहा लाग्छ
यो समय नयाँ सालको हो !
निलकण्ठे चराको गुँड अनि प्याउली फूलको कोपिला
यी सृष्टि धान्ने सृजनसिल दृश्यले
मलाइ अझै थाहा लाग्छ
बिल्कुल यो समय नयाँ सालकै हो!
अनि म बाँचेको समय?
जिवनदेखि चिहानसम्म अँध्यारो र अन्यायपुर्ण समय
विभेद विरुद्ध बिद्रोह बोल्न नसक्दा मुक्तिको बिहान उदाउन बाँकी समय
जिबनका अमिला दिनहरू गुजार्दाको अनिदो समय
धनले हरचिज माथी वर्गीकरण जमाएको समय
ओ ! नयाँ सालको उल्लासमा रमाएका मान्छे!
वर्षको गणना बाहेक 'नयाँ वर्ष' को हैसियत के हो?
✍️हिमाल थापा क्षेत्री,वैशाख २०७९ ।