काठमाडाैं - गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी अञ्चल नवलपरासी जिल्लाका एक जनाकाे मृत्यु दाबी भुक्तानी गरेकाे छ ।
इन्स्योरेन्स कम्पनीले बिनयी त्रिवेणी गाँउपालिका वडा नं. ०३ मा बसोबास गर्ने स्व. सुमन राना मगरको मृत्यु पश्चात बीमितका इच्छाएको व्यक्ति श्रीमान ईन्द्र बहादुर राना मगरलाई गुँरास सावधीक जीवन बीमा गराए बापत बीमा दाबी रकमको चेक रु ५९३,३२०/– (अक्षरुपीः पाँच लाख त्रियानब्बे हजार तिन सय बीस मात्र )भुक्तानी गरेकाे हाे ।
इन्स्योरेन्सकाे नारायणगढ शाखाका शाखा प्रमुख ओमकार सिग्देल , कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजर सहित को टिमले मिती २०७९-०१-०१ गते बुधबार नारायणगढ शाखामा एक कार्यक्रम बिच चेक हस्तान्तरण गरेका हुन् ।
स्व. सुमन राना मगर को केही समय अगाडी क्यान्सर रोगको कारण निधन भएको थियो । उनले दुई वर्ष अगाडी सिनीएर एजेन्सी म्यानेजर कमला सुनारीमार्फत ५ लाखको सावधीक जीवन बीमा गरेका थिए ।
शाखा प्रमुख सिग्देलले जीवन बीमा सम्बन्धी जनचेतना पहिलेको तुलनामा उल्लेख्य मात्रा मा वृद्धि भएको र यो बचत मात्र नभई आर्थिक क्षती विरुद्धको लागी महत्वपुर्ण भएकोले सबैलाई आवश्यक भएको पनि बताए ।