काठमाडाैं - महाकुलुङ गाउँपालिका अध्यक्ष पदको उम्मेद्वारका लागि नेकपा एमालेबाट भक्त राईको नाम सर्वसहमत सिफारिस भएका छन् ।
एमाले पालिका कमिटीले पत्रकार पृष्ठभूमिका राईको नाम सर्वसहमत सिफारिस गरेको हो ।
एमालेले पालिका पदाधिकारी टुंगो प्रदेश कमिटीबाट लगाउने मापदण्ड बनाएको छ ।महाकुलुङ गाउँपालिकामा सत्तारुढ गठबन्धनले भने उम्मेद्वार टुंग्याउन बाँकी भएकाे जनाइएकाे छ ।
अघिल्लो पटक गाउँपालिका अध्यक्ष जितेका सागर किराँतीलाई फेरि उम्मेद्वार बनाउने नेकपा माओवादी केन्द्रको तयारी रहेकाे छ ।