२०७९वैशाख ०३ गते (शनिबार)
काठमाडाैं - हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ। मौसम विभागका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
महाशाखाका अनुसार देशको पहाडी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित क्षनिक वर्षाको सम्भावना रहेको छ।
देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले बताएकाे छ।
प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षनिक वर्षाको सम्भावना रहेको विभागकाे भनाइ छ।
देशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित क्षनिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेकाे छ।
यसका साथै देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्दा गर्मीका कारण हुन सक्ने असरबाट बच्न पनि आवश्यक सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेकाे छ।