काठमाडौं - काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोडमा फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक शुभारम्भको अवसरमा ज्यालामा ५० प्रतिशत छुटको सुविधा गरेकाे छ ।
नयाँ वर्षको अवसर पारेर न्यूरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सले 'शुद्धता हाम्रा प्रतिवद्धता नारा'का साथमा विधिवत् पूजाआजापछि रिवन काटेर पसलको औपचारिक उद्घाटन गरि वैशाख १५ गतेसम्म ज्यालामा ५० प्रतिशत छुटको सुविधा गरेकाे हो ।
। फोर नाइन बागलुङ ज्वेलर्सका प्रोपाइटर अमिर सुनारका पिता साथै चितवन नारायणगढस्थित बागलुङ ज्वेलर्सका संचालक टिकाराम सुनारले रिवन काटेर पसलको समुद्घाटन गरेका हुन् ।
यो छुटको सुविधा आउँदो वैसाख १५ गतेसम्म लिन सकिने प्रोप्राइटर अमीर सुनारले जानकारी दिए । यस गहना पसलबाट केही समय अगाडी नै सेवा शुरु भइसकेको भएपनि औपचारिक उद्घाटन भने बाँकि रहेकाे बागलुङ ज्वेलर्सले बताएकाे छ। गरगहना साथै अन्य सामग्री खरिद गर्दा २४ क्यारेटको शुद्ध सुन दिइने दाबी पसलले गरेको छ ।
‘हाम्रो सेवामा शुद्धतालाई प्राथमिकतामा राखेका छौं । नाफा थोरै मात्र खाउँला, विस्तारै खाउँला । शुद्धतामा हामी सम्झौता गर्नेछैनौँ । शुद्धताको पहिचान दिन नै पसलको नाम समेत फोर नाइन भनेरै राखेको हो’ ज्वेलर्सका संचालक टिकाराम सुनारले बताए ।
२९ वर्षीय ज्वेलरी व्यवसायी संचालक टिकाराम सुनारले यस अघि चितवनमा बागलुङ ज्वेलर्सको शुरुवात गरेका थिए । सो समयमा अपेक्षा अनुसार व्यवसाय अगाडी बढ्न नसकेपछि उनी कतार पुगेका थिए । कतारमा १६ महिना सुरक्षा गार्डको काम गरी नेपाल फर्केर बागलुङ ज्वेलर्सलाई पनि नयाँ ढङ्गले अगाडी बढाएका थिए भने चितवनमै फोर नाइन बागलुङ ज्वेलर्सकै नामबाट ज्वेलरी पसल शुरु गरेका थिए ।
काठमाडौंमा व्यवसायको विस्तार गर्ने क्रममा सुनारले न्यूरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको शुरुवात गरेका हुन् । अब विदेशमा सिकेको ज्ञान र अनुभवलाई आफ्नै मातृभुमिमा सदुपयोग गर्दै देशको अर्थतन्त्रमा टेवा पु¥याउनुका साथै रोजगारीको अवसर श्रृजना गर्ने आफ्नो उद्देश्य रहेको सुनारले बताए ।
‘विदेशी भूमिमा जीवनलाई बुझियो, जीवन जिउन सिकियो । विदेशमा सिकियो, अब देशलाई दिने हो । नेपालमै अवसरको श्रृजना गर्ने र देश विकासमा केही योगदान दिनको लागि काम गर्नेछु’ सुनारको भनाई हो ।प
(फाटाे-अनुप)