काठमाडौं – साताको पहिलो दिन आज (आइतबार) सेयर बजार नेप्से परिसूचक २९.६० अंकले घटेर २३ सय ८५.६४ बिन्दुमा झरेको छ ।
आइतबार कुल २३३ कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा १६७ कम्पनीको मूल्य घटेको छ भने २४ कम्पनीको मूल्य बढेको र ४ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।
आइतबार ३४ लाख ७ हजार २७२ कित्ता सेयर २९ हजार ४४ पटक करोबार हुँदा कुल कारोबार रकम एक अर्ब ४४ करोड ७ लाखमा सीमित रह्यो । नेस्डो समृद्ध लघुवित्तको सेयर सबै भन्दा धेरै १० प्रतिशतले बढनुका साथेँ हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले नै घटेको छ ।
निरन्तर घटिहेको बजार आइतबार पनि २३ सय अंकको लाइनमा झरेको छ ।जालपा सामुदायिक लघुवित्त, सामुदायिक लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्तका सेयर धनीले बजारबाट तीन देखि ४ प्रतिशतले कमाए छ।
आइतबारको बजारमा उर्जासँगै, इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त, सामलिङ्ग पावर र नयाँ सारथी लघुवित्तका सेयर धनीले ५ प्रतिशतले बजार गुमाएको छ।