काठमाडौं –सभामुख अग्निप्रसाद सापकोटाले बढ्दो भ्रष्टाचारलाई नियन्त्रणका गर्न नसके मुलुक भित्रभित्रै सिद्धिने बताएका छन् ।
आइतबारबाट काठमाडौँमा सुरु भएको ‘निसाना’ शीर्षकमा भ्रष्टाचारविरुद्धको कार्टुन प्रदर्शनीको उद्घाटन गर्दै सभामुख सापकोटाले भ्रष्टाचार गम्भीर समस्याका रुपमा रहेको उल्लेख गरेका छन् । भ्रष्टाचार नियन्त्रणका लागि सामूहिक सङ्कल्पको खाँचो रहेको उनले बताए ।
“कार्टुन भनेको कलम होइन, मुटुले बनाउने कुरा हो, जसमा समाजको चित्रण साँच्चैको सिर्जनामा हुन्छ”, उनल भने, “अभियानमा समर्थन जनाउँदै ऐक्यबद्धता प्रकट गर्दछु ।” सत्यकुरा गर्न सजिलो भए पनि त्यसलाई अङ्गाल्न गाह्रो हुने बताउँदै सभामुख सापकोटाले भ्रष्टाचारविरुद्धको अभियानमा हुने सङ्कल्पप्रति आफ्नो पूर्ण समर्थन हुने प्रतिवद्धता व्यक्त गरेका थिए ।