काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निर्वाचनबारे पार्टीको धारणा सार्वजनिक गर्ने भएका छन् ।
सोमबार पत्रकार सम्मेलन गरेर स्थानीय निर्वाचनमा पार्टीको तयारीलगायत विषयमा प्रचण्डले धारणा सार्वजनिक गर्ने पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाले बताए ।
पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुनेछ । उम्मेदवारी दर्ता गर्ने दिन ६ दिन छँदा प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
गठबन्धन दलहरू आजै महानगर र उपमहानगरमा तालमेल टुंगो लगाउने तयारी छन् । त्यसका लागि बैठक केहीबेरमा बस्दै जानकारि दिएको छ ।