एजेन्सी – मार्च महिनाको अन्त्य तिर लकडाउन प्रवेश गरेपछि चीनले पहिलो पटक सांघाईमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको जनाएको छ ।
मृत्यु हुने तीनै जना ८९ देखि ९१ वर्ष वर्ष उमेर समूहका रहेको चीनको स्वास्थ्य आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।
उनीहरूमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या रहेको र खोप पनि नलगाएको प्राप्त विवरणहरूमा जनाइएको छ ।
त्यसअघि चीनले सांघाईमा कोरोनाबाट कसैको मृत्यु नभएको जनाएको थियो । चीनको दाबीलाई लिएर सर्वत्र प्रश्नसमेत उठेका थिए ।
अधिकारीहरूका अनुसार सोमबार एकै दिन २२ हजार २४८ नयाँ संक्रमित फेला परेका छन् ।
तीनै जनाको अस्पतालमा मृत्यु भएको सांघाईको स्वास्थ्य आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ । कोरोना महामारी फैलिएपछि सांघाईमा तीन सातादेखि लकडाउन जारि रहेको छ ।