आसाम – भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको छ । शुक्रबारदेखि व्यापक वर्षा भएसँगै ती नागरिकहरुको ज्यान गएको हो । वर्षासँगै आएको हावाहुरीले यहाँका कतिपय भौतिक संरचनामा पनि क्षति पु¥याएको छ ।
आसामको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार शुक्रबार आठ जनाको ज्यान गएको थियो भने आइतबार थप छ जनाको ज्यान गएको हो ।
यहाँ चट्याङबाट मात्र अरु दर्जनौँ व्यक्ति नागरिक घाइते भएका पनि अधिकारीहरुले जनाएका छन् ।
शुक्रबारदेखि आइतबारसम्म जारी रहेको वर्षा, हावाहुरीले दशौँ हजार नागरिकका घर भत्काएको तथा अन्य भौतिक संरचनामा क्षति पुगेर प्रभावित भएका बताइएको छ ।