काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन नसर्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले मुलुक चुनावमा होमिएको भन्दै चुनाव सर्ने कुनै सम्भावना नरहेको बताए ।
आज बेलुकासम्म गठबन्धनमा महानगर र उपमहानगरपालिकाको भागबण्डा टुंगो लाग्ने उनको भनाइ छ ।