एजेन्सी– चर्चित फुटवल स्टार क्रिस्टियानो रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिग्वेजले आफ्नो एक बच्चाको मृत्यु भएको जानकारी दिएका छन्। यी जोडिले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो बच्चाको निधन भएको जानकारी दिएका हुन्।
रोनाल्डोले खेखेका छन् ‘ आफ्नो बच्चाको निधनबारे हामीले गहिरो दुःखका साथ भन्नु परेको छ।’ उनीहरूले यो घटनालाई कुनै पनि अभिभावकले महसुस गर्न सक्ने भन्दै आफुहरु ठूलो पीडा भएको बताएका छन्।
जुम्लाहामध्ये छोरी बाँचेकाले केही खुशी मिलेको उनले बताएका छन्। ‘दुई मध्ये छोरी बाचिन्, यसले हामीलाई केही आशा र खुशीका साथ बाँच्न बल दिएको छ’, उनीहरूले एक विज्ञप्ति निकालेर भनेका छन्।