काठमाडौ — नेप्से मंगलबार झिनो अंकले बढेको छ । आज बजार १३ दशमलव ३७ अंकले बढेर २३ सय ५७ दशमलव २५ मा आएर बन्द भएको छ। कारोबार रकममा भने सोमबारको तुलनाभन्दा २१ करोड कम भएको छ।
आज २२९ वटा कम्पनीको २७६ हजार आठ सय ४१ सेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब ३२ करोड बराबरको भएको छ। आज दिनभर धेरै अंकको तलमाथि गरे पनि बजार बन्द हुने बेला १३ अंक मात्र बढेको छ।
आज अत्यधिक बढ्नेमध्ये नेश्डो लघुवित्त र ग्रिनभेन्चर १० प्रतिशत बढेको छ । आज नबिल बैंक ६ करोड ३० लाख बराबर, हिमालयन डिस्टिलरीको चार करोड ३५ लाख बराबर र महालक्ष्मी बिकास बैंकको तीन करोड ८३ लाख बराबरको कारोबार भएको छ ।