काठमाडौं - कतारको जेलमा रहेका २१ जना नेपाली कैदीबन्दीले आममाफी पाएका छन् । कतारका विभिन्न कारागारमा सजाय भोगिरहेका उनीहले मुस्लिम समुदायको पवित्र महिना रमादानको अवसरमा आममाफी पाएका हुन् ।
कतारको दोहास्थित नेपाली दूतावासका अनुसार कतारका अमिर शेख तमिम बिन हमाद अलथानीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा विभिन्न कसूरमा कतारको बन्दीगृहमा जीवन बिताइरहेका २१ जना नेपालीलाई माफी दिएका हुन् ।
दूतावासका अनुसार माफी पाउनेमा यौनजन्य क्रियाकलापको आरोप खेपिरहेका तीन, चोरीजन्य क्रियाकलापको आरोप लागेका ११, मादकपदार्थ बिक्रीवितरणमा दुई र आर्थिक हिनामिनामा कसूरदार ठहरी सजाय भोगिरहेका पाँच जना नेपाली रहेका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९ ०८:१७