एजेन्सी — एस्थेटिक सर्जरी पलास्टिक सर्जरीको एउटा अंग हो । यसलाई आम भाषामा कस्मेटिक सर्जरी पनि भनेर बुझिने गरिन्छ । विशेष गरेर आफुलाई सुन्दर देखाउन यो सर्जरी गर्ने गरेको पाइन्छ । जो सुन्दरतामा बढि ध्यान दिन्छन्, उनीहरुका लागी एस्थेटिक सर्जरी बढी उपयोगी हुन्छ ।
पछिल्लो समयमा युवापुस्ता माझ एस्थेटिक सर्जरी लोकप्रिय बन्दै गइरहेको छ । नेपालमा पनि यस किसिमका सर्जरीमा दक्ष जनशक्ति उपल्ब्ध भइएको पाइएको छ ।
शरीरको बाहिरी अंगमा कुनै किसिमको कमजोरी भएमा कस्मेटिक सर्जरी गरीन्छ । विशेषगरी अनुहारका कुनै भाग नमिलेमा, छाला चाउरियमा तन्काउन वा मिलाउन शरीरका अन्य अंगमा सर्जरी गर्न सकिन्छ ।
नेपालमा एस्थेटिक सर्जरी भएपनि महँगो पर्दछ । यसका लागी एस्थेटिक सर्जरीमा सबैको पहुँच भएको पाइदैन ।
किन गरीन्छ ?
सुन्दरताका लागी एस्थेटिक सर्जरी आवश्यक हुन्छ । चाउरिएको छाला तन्काउन, नाक, आँखा , कान, गाला, निधार आदी मिलाएर सुन्दरतामा निखार ल्याउन सर्जरी गर्न सकिन्छ । खासगरी आगोले पोलेको ठाँउ र चोटपटक वा अन्य दुर्घटनाबाट परेको घाउ हटाउन समेत एस्थेटिक सर्जरी आवश्यक हुन्छ । यस्तै स्तन सानो वा ठुलो बनाउन, मोटोपन घटाउन पनि यसको प्रयोग गर्न सकिन्छ ।
यस्तै एस्थेटिक सर्जरीबाट शरिरका जुनसुकै भाग पनि मिलाउन सकिन्छ । सिलिकन ब्रेस्ट इम्प्लान्ट बाट स्तनको साइज मिलाउन र हिप इम्प्लान्ट सर्जरीबाट मोटोपन घटाउन सकिन्छ । अर्थात शरीरका भिन्न अंगमा फरक तरीकाले सर्जरी गर्न सकिन्छ ।
क्स्मेटिक सर्जरी गरेपछि अंग र अवस्था हेरेर सामान्य अवस्थामा आउन समय लाग्न सक्छ । जस्तै पेट घटाउने, हिप घटाउने, छाला टाइट गर्ने खालका शल्यक्रियाहरुलाइृ सामान्य अवस्थामा आउन बढी समय लाग्दछ । जुन तुलनात्मक रुपमा बढी खर्चिला पनि हुन्छन् ।
कहिलेकाँहि शल्यक्रियाबाट सुन्दरतामा निखार ल्याउने भएकाले संक्रमण हुने सम्भावना रहन्छ । यस्तै अन्य शल्यक्रिया जस्तै औषधीको सेवन र आराम गर्नुपर्ने भएकाले हेरचाह मा ध्यान दिन आवश्यक छ ।