एजेन्सी — पूर्व टेनिस स्टार मारिया सारापोभाले बुधबार इन्स्टाग्राममा आफ्नो गर्भावस्थाको घोषणा गरेकी छिन् ।
उनले समुद्र तटमा आफ्नो तस्बिर सेयर गर्दै लेखेकी छिन्, “ अमुल्य शुरुवात दुई जनाका लागि जन्मदिनको केक खानु मेरो विशेषता हो । ” उनले आफ्नो ३५ औं जन्मदिनमा गर्भावस्थाको घोषणा गरेकी हुन् ।
सारापोभाले बेलायती व्यापारी अलेक्ज्याण्डर गिल्केससँग बिबाह गरेकि हुन् ।