काठमाडौं — ललितपुरमा बाालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा उनीहरुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका ७ साल्खा टोल बस्ने ४९ वर्षीय भुपेन्द्रलाल वसी र काठमाडौं महानगरपालिका ११ त्रिपुरेश्वर बस्ने ४१ वर्षीय प्रकाश श्रेष्ठ रहेका छन् ।
शंखरापुर नगरपालिका ६ स्थित बज्रयोगीनीको मुल जात्रामा मानिसहरुको भिडभाड रहेको अवस्थामा उनीहरूले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भने सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको बताएका छन् । बालिका माथि यौन दुव्र्यव्हार गर्ने उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको बताएका छन् ।