काठमाडौं- महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटमा सत्ता गठबन्धनबीच टुङ्गो जुटेको छ । सत्ता गठबन्धनबीच भएको चरणवद्ध छलफल पछि महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटको सहमती भइ टुङ्गो लागेको हो ।
महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटसँगै चुनावी तालमेलका अन्य विषयहरुमा समेत सहमती भएको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।
सहमती गर्न बाँकी अन्य विषयहरुमा पनि दलहरुबीच सकरात्मक ढंगवाट छलफल भएको उनले बताएका छन् ।