विरगंज — वीरगंज महानगरपालिकामा आसन्न स्थानीय निर्वाचनका लागि नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन गर्ने सहमति भएको छ ।
वीरगंजको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने निर्णय भइसकेको छ भने उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार हुनेछन् । जसपाबाट वीरगंजको मेयरमा जितेका सरावगी हालै मात्र एमालेमा प्रवेश गरेर फेरि मेयरको उम्मेदवार बनेका हुन् ।
यसबारे एमाले केन्द्रीय सदस्य अरबिन्द सिंहले पुष्टि गरेका हुन् ।सत्ता गठबन्धनबाट भने वीरगंजको मेयर जनता समाजवादी पार्टीको भागमा परेको छ । उपमेयरमा कांग्रेसको उम्मेदवारी रहने सहमति बुधबार भएको हो ।