एजेन्सी — प्रियंका चोपडा र निक जोनसले आफनी छोरीको नाम मालती मारी चोपडा जोनस राखेका छन् । यी दुईले छोरीको जन्म प्रमाणपत्रमा यस नाम राखेको टिएमजेड म्याकेजिनले जनाएको छ ।
प्रियंकाले छोरीको नामको अर्थ खुलाउदैं ‘मालती’ फूलको नाम भएको र उनकी आमाको नाम मधुमालतीको अंश मिलाएर मालती मारी राखेको बताएकि छिन् ।
जन्म प्रमाणपत्रको अनुसार प्रियंकाकाको छोरीको जन्म जनवरीे महिनामा सान डिएगो मा भएको हो। उनीहरुले छोरीलाई सरोगेसी मार्फत जन्म दिएका थिए ।
प्रियंका चोपडा अन्तिम पटक मुभि ‘द म्याट्रिक्स रयाजरेक्सनमा ’ देखिएकी थिइन्। उनी अब फरहान अख्तरको ‘जी ले जरा’ मा कट्रिना कैफ र आलिया भट्टसँग देखिने भएकि छिन् ।