एजेन्सी — अभिनेता अक्षय कुमारले विमल इलायचीको विज्ञापनमा देखा परेको भन्दै सामाजिक सञ्जालमा ट्रोल गरेपछि उनले फ्यान र शुभचिन्तकहरूसँग माफी मागेका छन् । धेरैले विज्ञापनमा अक्षयले सूर्तिजन्य उत्पादनको प्रचार गरेको भन्दै विरोध गरेको थियो ।
सामाजिक संजालमा उनी लेख्छन् , ‘मलाई माफ गरिदिनुहोस्, मेरा फ्यान र मेरा सबै शुभचिन्तकहरुसँग म माफी माग्न चाहन्छु । पछिल्लो केही समयमा तपाईंहरुले दिएको प्रतिकृयाले मलाई अत्यन्तै प्रभावित पारेको छ । मैले कहिल्यै पनि तम्बाकुको प्रचार गर्ने गरेको छैन र आगामी दिनमा पनि गर्ने छैन ।
तपाईंहरुको भावनालाई कदर गर्दै म यो भन्न चाहन्छु कि मैले केवल उक्त कम्पनीको इलार्इचीको प्रचार गरेको हुँ तर पनि मैले अब उक्त कम्पनीसगँ कुनै पनि कामको लागि नजोडीने निर्णय गरेको छु ।
मैले हालैको विज्ञापनबाट प्राप्त सबै पारिश्रमिक पनि दान गर्ने निर्णय गरेको छु । मैले उक्त कमपनीसँग गरेको सम्झौताको आधारमा उक्त विज्ञापन केही समयसम्म प्रसारण भने भइराख्ने छ तर आगामी दिनहरुमा यस्ता निर्णय गर्नुपूर्व एकदमै होस् पुर्याउने छु ।’
उनले उक्त कम्पनीमार्फत प्राप्त पारिश्रमिक पनि कुनै एउटा राम्रोकामको लागि दान गरिदिने र अब आइन्दा यस्तो गल्ती नदोहोर्याउने पनि घोषणा गरेका छन् ।