सिन्ह्वा— करिब १३ करोड ७० लाख अमेरिकी नागरिक अस्वस्थ हावामा बस्ने गरेको एक अध्ययनले देखएको छ । बिहीबार सार्वजनिक गरिएको एक रिपोर्टमा सो कुरा उल्लेख गरिएको छ । उक्त रिपोर्ट अनुसार अमेरिकाका करिब १३ करोड ७० लाख नागरिकहरु प्रदुषित हावामा बस्ने गरेका पाइएको समाचारमा जनाइएको छ ।
अमेरिकी लङ एसोसिएसनले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको समाचारमा जनाइएको छ । यहाँ खराब वायुको मात्रा बढ्दै गएको पनि सो प्रतिवेदनमा उल्लेख गरिएको हो ।
गत वर्ष यस्तो खराब वायुमा बस्न बाध्य भएका अमेरिकीको संख्या ९० लाख भन्दा केही बढी रहेको भए पनि यो मात्रा बढेको पाइएको सो प्रतिवेदनमा जनाइएको छ । सन् २००० देखि उक्त संस्थाले यहाँको वायुको गुणस्तरीयता मापन गर्ने गर्दै आएको छ ।
पछिल्लो समयमा सो एसोसिएसनले यस्तो खराम वायुमा बस्न बाध्य भएका नागरिकको संख्याका बारेमा पनि अनुसन्धान गर्ने गरेको छ ।