काठमाडाैं - नेकपा एमालेले स्थानीय तह चुनावका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गरेको छ ।
नेकपा एमालेले पार्टीकाे ७४ आैँ दिवसकाे समाराेहमा स्थानीय तह चुनावका लागि पार्टीको विभिन्न ६ वटा संकल्पसहित घोषणा पत्र सार्वजनिक गरेकाे छ ।
ललितपुरकाे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी गरिएको घोषणापत्रमा विभिन्न ६ वटा संकल्प समेटेकाे जनाएकाे छ ।
एमालेले अघि सारेको संकल्पअनुसार ,
- हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुने छन्।
- हाम्रा जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियन्ता हुनेछन्।
- हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमुना बन्नेछन् ।
- हाम्रा जनप्रतिनिधिहरूले सदाचारमा दृष्टान्त स्थापित गर्नेछन्।
- हाम्रा जनप्रतिनिधिहरूले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछन्।
- हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा पुर्याउन अग्रणी भूमिका खेल्नेछन् ।