काठमाडाैं - महालक्ष्मी विकास बैंक लिमिटेडले हस्तान्तरण ट्राफिक प्रहरीलाई रोड डिभाइडर हस्तान्तरण गरेकाे छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत महाराजगंज शाखाबाट बैंकले महानगरिय ट्राफिक प्रहरी वृत्त महाराजगंज लाई रोड डिभाइडर हस्तान्तरण गरेको हाे ।
बैंकले महानगरिय ट्राफिक प्रहरी वृत्त महाराजगंजलाई ३० थान रोड डिभाइडर हस्तान्तरण गरेको हो । महानगरपालिकामा चुनौतीको रुपमा रहेको ट्राफिक व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले रोड डिभाइडर हस्तान्तरण गरिएको कुरा बैंकका महाराजगंज शाखाका प्रबन्धक पल्लभ श्रेष्ठले जानकारी दिए ।
सोहि कार्यक्रममा बोल्दै वृत्तका नायव निरिक्षक पुरुषोत्तम ढकालले विगतदेखि नै महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यहरु महानगर भित्र प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको बताए । महानगर वरपर ट्राफिक व्यावस्थापनमा माहानगरपालिकालाई सहजता होस् र दुर्घटना न्यूनिकरणमा मद्दत पुग्ने हेतुले रोड डिभाइडर वितरण गरिएको कुरा बैंकले जनाएको छ ।
देशभर फैलिएर रहेका १०३ शाखाहरुबाट कोर बैकिङ्गका सेवाहरु मात्र नभई विभिन्न सामाजिक कार्यहरुलाई प्रभावकारी रुपले निरन्तर सञ्चालन गर्दै आइरहेको बैंकले जनाएकाे छ । प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको बैंंककाे दाबी छ ।